वीरगंज, ५ माघ । पर्साका चार वटै निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । सोमवार राति कांग्रेस संसदीय बोर्ड ब...
वीरगंज, ५ माघ । पर्साका चार वटै निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ ।
सोमवार राति कांग्रेस संसदीय बोर्ड बैठकले पर्साको चार वटै निर्वाचन क्षेत्रमा पुरानै अनुहारलाई दोहोर्याएको छ।तीमध्ये ३ जना शेरबहादुर देउवा पक्षका र १ जना गगन थापा पक्षका हुन।
कांग्रेसले पर्सा क्षेत्र नम्बर १ बाट पूर्व केन्द्रीय सदस्य अनिल रूंगटालाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य रामरूप कुर्मीले जानकारी दिए।रूंगटा यसअघि २०७४ को निर्वाचनमा पर्सा–१ बाटै उम्मेदवार बनेका थिए।त्यसअघि रूंगटालाई कांग्रेसले दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिकतर्पm उम्मेदवार बनाएर निर्वाचित गराएको थियो ।
यस्तै क्षेत्र नम्बर २ बाट पूर्वकेन्द्रिय सदस्य तथा निवर्तमान सांसद अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री,पूर्व सांसद तथा पूर्व केन्द्रीय सदस्य रमेश रिजाललाई कांग्रेसले उम्मेदवार बनाएको कुर्मीले जानकारी दिए।
उनिहरूमध्ये चौरसिया तीन पटकका तथा चौधरी र रिजाल चार पटकका सांसद हुन् ।रिजाल र चौधरी २०४८ साल यता निरन्तर चुनाव लड्दै आएका छन।
चौरसिया र रिजाल देउवा पक्षका हुन् भने चौधरी भने गगन पक्षका हुन।

COMMENTS