$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगञ्जमा प्रभातफेरीसहित भव्य रूपमा मनाइयो

  अभिलाष गुप्ता वीरगञ्ज, १२ माघ ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभाग तथा वीरगञ्ज भन्सा...

 



अभिलाष गुप्ता

वीरगञ्ज, १२ माघ


७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभाग तथा वीरगञ्ज भन्सार कार्यालयको आयोजनामा वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।


वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्ण प्रसाद मैनालीको नेतृत्वमा आयोजित उक्त प्रभातफेरी भन्सार कार्यालय परिसरबाट सुरु भई वीरगञ्जस्थित मितेरी पुलसम्म पुगेर पुनः भन्सार कार्यालयमै आएर समापन भएको थियो।


प्रभातफेरी कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी तथा प्रतिनिधिहरू, किलियरिङ एजेन्ट संघका सदस्यहरू, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममार्फत भन्सार प्रशासनको भूमिका, राजस्व संकलनमा भन्सारको योगदान, व्यापार सहजीकरण तथा मुलुकको आर्थिक विकासमा भन्सारको महत्वबारे आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।


अन्तर्राष्ट्रिय भन्सार दिवस विश्वभर प्रत्येक वर्ष मनाइने गरिन्छ, जसले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्दछ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content