$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पकहाँमैनपुरमा एमालेको पालिका स्तरीय भेला सम्पन्न, रूपेश पाण्डेको नेतृत्वमा परिवर्तनको संकल्प

  वीरगञ्ज ।  पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा ...

 

वीरगञ्ज । 

पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज बिजय चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा ज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। साथै, पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश लगायत जिल्लास्तरका नेतृत्वको सहभागिताले भेलालाई थप प्रभावशाली बनाएको थियो।




कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ का परिवर्तनका सम्भावकको रूपमा स्थापित युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रको समग्र विकास नै आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पारेका हुन। उनले पकहाँमैनपुरसहित सम्पूर्ण क्षेत्रलाई आर्थिक रूपमा सबल, सामाजिक रूपमा समावेशी तथा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधारसहित समृद्ध बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।



“पर्सा–३ अब पछाडि फर्कनु हुँदैन, यो क्षेत्रको भविष्य समृद्धि, रोजगारी र सुशासनसँग जोडिएको छ,” भन्दै पाण्डेले जनताको भरोसा नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले युवाको ऊर्जा, किसानको पसिना र आम नागरिकको चाहनालाई नीतिगत रूपमा कार्यान्वयन गर्ने स्पष्ट भिजन प्रस्तुत गरे।


भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेको नेतृत्वमा मात्र पर्सा–३ मा दिगो विकास सम्भव हुने विश्वास व्यक्त गर्दै रूपेश पाण्डेको उम्मेदवारीलाई ऐतिहासिक अवसरको रूपमा चित्रण गरे। कार्यक्रमले स्थानीय तहमा एमालेप्रतिको उत्साह र जनसमर्थन झनै मजबुत हुँदै गएको संकेत गरेको छ।


पकहाँमैनपुरमा सम्पन्न यस भेलाले पर्सा–३ मा नेकपा एमालेको संगठनात्मक आधार सुदृढ हुँदै गएको र आगामी निर्वाचनमा परिवर्तनको लहर अझ बलियो बन्ने स्पष्ट सन्देश दिएको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content