पर्सा १७ माघ
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत जिराभवानी गाउँपालिकामा नेकपा एमालेद्वारा जिराभवानी गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै आयोजित भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल गरिएको थियो।
कार्यक्रममा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका उम्मेदवार जालिम मियाले पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, अनुभवी नेतृत्वको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए।
मियाले आगामी निर्वाचनमा आफ्नो–आफ्नो बुथमा सुर्य चुनाव चिन्हमा मजबुत रूपमा मतदान गर्न कार्यकर्ताहरूलाई आग्रह गरे।
भेलाले पर्सा–४ मा नेकपा एमालेको संगठनात्मक गतिविधि थप सक्रिय बन्दै गएको संकेत गरेको छ।





COMMENTS