$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको वार्षिक साधारण सभा सम्पन्न

  अभिलाष गुप्ता  २६ पौष बिरगंज नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको वार्षिक साधारण सभा उपशाखाका सभापति जदु प्रसाद साहको अध्यक्षतामा सफलतापूर...

 

अभिलाष गुप्ता  २६ पौष बिरगंज

नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको वार्षिक साधारण सभा उपशाखाका सभापति जदु प्रसाद साहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभामा गाउँपालिकाका प्रमुख जसवन्त यादव प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो भने नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। साथै आजीवन सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभामा जम्मा ६० जनाको उपस्थिति रहेको थियो, जसमा ५ जना महिला र ५५ जना पुरुष सहभागी थिए।कार्यक्रममा उपशाखाको आर्थिक लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्यक्रम तथा बजेट छलफलसहित अनुमोदन गरिएको छ।

सभामा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जसवन्त यादवले महुवन रेडक्रस उपशाखाको अधुरो भवन निर्माण कार्य पूरा गर्न १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ। साथै उहाँले ODF सम्बन्धी कार्यक्रमहरू महुवन उपशाखामार्फत सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले रेडक्रसको मानवीय सेवाको महत्वबारे चर्चा गर्दै आपत्, विपद्, स्वास्थ्य तथा सामाजिक सेवामा उपशाखाको भूमिका अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

सभापति जदु प्रसाद साहले उपशाखाले हालसम्म गरेका मानवीय कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा स्वास्थ्य, सरसफाइ, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका कार्यक्रमहरूलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उपशाखाको विकास र सेवा विस्तारका लागि सबै सदस्य, स्वयंसेवक तथा सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमले महुवन क्षेत्रमा रेडक्रसको गतिविधि थप सुदृढ बनाउने, अधुरा संरचना पूरा गर्ने तथा स्थानीय तहसँग सहकार्य बढाउने महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content