$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

नेपाल प्रहरी प्रमुख आइजीपी दानबहादुर कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जमा खाजा सेवा, खाद्यान्न तथा नगद सहयोग

अभिलाष गुप्ता ०२ माघ वीरगञ्ज  वीरगञ्ज–२५ सिरिसियामा अवस्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा नेपाल प्रहरी प्रमुख (आइजीपी) दानबहादुर कार्की, मध...




अभिलाष गुप्ता ०२ माघ वीरगञ्ज 

वीरगञ्ज–२५ सिरिसियामा अवस्थित मानव सेवा आश्रम वीरगञ्ज शाखामा नेपाल प्रहरी प्रमुख (आइजीपी) दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया तथा पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले आश्रममा आश्रित आमाबुवाहरूका लागि दिउँसोको खाजा सेवा प्रदान गर्नुका साथै अति आवश्यक खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।


मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताका अनुसार समाजका असहाय, बेसहारा तथा त्यागिएका आमाबुवाहरूको सेवामा समर्पित आश्रमको गतिविधिप्रति प्रहरी नेतृत्वको यो सहयोगले आश्रम परिवारलाई थप हौसला मिलेको छ।


कार्यक्रममा आइजीपी दानबहादुर कार्कीका पीएसओ एवं प्रहरी निरीक्षक निरोज चौलागाईं, मानव सेवा आश्रमका अभिभावक प्रकाश थारु, कमल चौगाई, डा. निरज सिंह, डा. प्रिति यादव, मौसमी श्रेष्ठ, आश्रमका स्वयंसेवक ओम झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सराफ, पवन कलवार र आर्यन गुप्ताको उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी दानबहादुर कार्कीले मानव सेवा आश्रमले समाजका उपेक्षित र बेसहारा नागरिकहरूका लागि गर्दै आएको कार्य अत्यन्तै सराहनीय रहेको बताउनुभयो। उहाँले नेपाल प्रहरीले एक जना प्रहरी चौबिसै घण्टा आश्रममा रहने व्यवस्था मिलाइसकेको जानकारी गराउँदै, आगामी दिनमा पनि नेपाल प्रहरीको तर्फबाट आवश्यक सहयोग र साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


सामाजिक सेवामा प्रहरी प्रशासनको सक्रिय सहभागिताले मानव सेवा आश्रमजस्ता संस्थाहरूलाई थप मजबुत बनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास कार्यक्रम सहभागीहरूले व्यक्त गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content