$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

प्रादेशिक अस्पताल गौरको अध्यक्ष यादवको पहलमा वर्ल्डलिङ्कको निःशुल्क वाइफाइ सेवा सुरु

  मेवालाल यादव 23 पुष  रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल गौरमा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूको सुविधालाई ध्यानमा राख्दै वर्...

 

मेवालाल यादव 23 पुष 

रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल गौरमा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूको सुविधालाई ध्यानमा राख्दै वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ ।


अस्पताल विकास समितिका अध्यक्ष अवधेश प्रसाद यादवको पहलमा वर्ल्डलिङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबारदेखि अस्पताल परिसरलाई Free WiFi Zone घोषणा गर्दै इन्टरनेट सेवा उपलब्ध गराएको अध्यक्ष यादवले बताएका छन् । यसले अस्पतालको सेवालाई थप प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको यादवले बताउनुभयो ।


वर्ल्डलिङ्कले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले मुख्य चार स्थानमा वाइफाइ जडान गरेको अध्यक्ष यादवले जानकारी दिएको छ। अस्पताल प्रवेशद्वार तथा गेट बाहिर प्रतिक्षारत सेवाग्राहीहरूको सञ्चार सुविधा सहज बनाउन मुख्य गेटमा वाइफाइ जडान गरिएको बताए ।


त्यस्तै, ओपिडी (OPD) तथा प्रशासन शाखामा टिकट काट्ने र रिपोर्ट लिन पालो कुरिरहेका बिरामीहरूलाई लक्षित गरी पहिलो तल्लामा इन्टरनेट सेवा विस्तार गरिएको छ । वार्डमा भर्ना भएका बिरामी तथा उनीहरूका कुरुवाहरूको लागि दोस्रो तल्लामा वाइफाइ जडान गरिएको छ भने अस्पताल भवनभर इन्टरनेट कभरेज सुनिश्चित गर्न तेस्रो तल्लामा समेत सेवा विस्तार गरिएको अस्पताल अध्यक्ष यादवले बताउनुभयो ।


निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएपछि बिरामीहरूले आफ्नै मोबाइल फोनमार्फत डिजिटल ल्याब रिपोर्ट हेर्न तथा चिकित्सकलाई सहजै देखाउन सक्ने स्थानीय अरबिन्द यादवको भनाइ रहेको छ । साथै, टाढाबाट उपचारका लागि आएका बिरामीका आफन्तहरूले घरपरिवारसँग भिडियो कल तथा सन्देशमार्फत सजिलै सम्पर्क गर्न सक्ने भएका छन् । लामो समय लाइन बस्नुपर्ने अवस्थामा इन्टरनेट प्रयोग गरी समयको सदुपयोग गर्न समेत सहयोग पुग्ने अध्यक्ष यादवले बताउनुभयो ।


पछिल्लो समय प्रादेशिक अस्पताल गौरले भौतिक पूर्वाधार तथा सेवाको गुणस्तरमा निरन्तर सुधार गर्दै आएको उल्लेख गर्दै अस्पताल सञ्चालन समिति सदस्य ओमप्रकाश साहले यस्तो प्रविधिमैत्री वातावरणले अस्पताललाई थप आधुनिक, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content