$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

भारतको महावाणिज्य दूतावास, बीरगंजद्वारा ७७औँ गणतन्त्र दिवस भव्य रूपमा सम्पन्न

  सैलेश गुप्ता बीरगंज, १२ माघ भारतको महावाणिज्य दूतावास, बीरगंजले आफ्नै परिसरभित्र आज भारतको ७७औँ गणतन्त्र दिवस समारोह भव्य रूपमा आयोजना गरे...

 






सैलेश गुप्ता

बीरगंज, १२ माघ


भारतको महावाणिज्य दूतावास, बीरगंजले आफ्नै परिसरभित्र आज भारतको ७७औँ गणतन्त्र दिवस समारोह भव्य रूपमा आयोजना गरेको छ। समारोहको सुरुवात महावाणिज्यदूत डी. एस. मीनाले भारतको राष्ट्रिय झण्डा फहराउँदै गर्नुभएको थियो। त्यसपछि उहाँले भारतका राष्ट्रपति द्वारा पठाइएको गणतन्त्र दिवस सन्देशको वाचन गर्नुभएको थियो।


समारोहमा विशेष शिक्षा विद्यालयसहित बीरगंजका १२ वटा विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुतिहरूमार्फत विद्यार्थीहरूले देशभक्ति, एकता र संस्कृतिको सन्देश प्रवाह गरेका थिए। उनीहरूको मनमोहक प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मोहित बनाउँदै उच्च देशभक्तिको भावना सहित भरपूर मनोरञ्जन प्रदान गरेको थियो।


कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, बीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, कविहरू, स्थानीय व्यापारीहरू, नेपाल–भारत मैत्री संघका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरू, विद्यार्थीहरू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ५ सय जनाभन्दा बढीको सहभागिता रहेको दूतावासले जनाएको छ।


गणतन्त्र दिवस समारोहका साथै दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत “वन्दे मातरम्” को १५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत प्रदर्शनी पनि आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा विशेष गरी विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिकाहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।


समग्रमा, भारतको गणतन्त्र दिवस समारोहले नेपाल–भारतबीचको मैत्री सम्बन्ध, सांस्कृतिक आदान–प्रदान र आपसी सद्भावलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content