शैलेश गुप्ता
वीरगंज, १८ पुस । बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर मिलले कमिशन खाएर किसानहरुलाई ठगिरहेको गुनासो प्राप्त भएको छ ।
कन्ट्रोलिंगको नाममा किसानहरुको उखु बोकेको टयाक्टर चार दिनदेखि पालो उखु अनलोडको पालो कुरिरहेको उखु किसान सुरेश महतो नुनियाले जानकारी गराएका छन् ।
हरेक गाउँका दुई तीनवटा गाडी कन्ट्रोलिंगको नाममा मिलले कुन्टलको रु १० तथा रु ८० किसानसंग लिने गरेको छ भने त्यस्तै गाडीवालासंग रु ७० रुपैया लिइरहेको बताइन्छ ।
हरेक गाडीबाट एक हजार लिने र महीनामा लाखौंको कमिशन खाने गरेको रिलायन्स सुगर मिलले
जसको कन्ट्रोलिग छ उसलाई फ्रि चलान भइरहेको बताइन्छ । किसानहरुको मागप्रति रिलायन्स सुगर मिलले कुनै चासो नदिएको बताएका छन् । किसानहरुले सबै गाडीलाई कन्ट्रोलिंग गर्नुपर्ने माग गरेका छन् ।
Video watch





COMMENTS