शैलेश गुप्ता ०१ माघ पोखरिया
माघे संक्रान्तिको अवसरमा बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ बिरगंज परिवार, लायन्स क्लब अफ बिरगंज आदर्शनगर र लायन्स क्लब पोखरियाको संयुक्त आयोजनामा र जोन चेयरपर्शन लायन डाक्टर लक्ष्मि थापा ज्युको पहलमा मोतियाबिन्दु शल्यक्रिया गराएका जगतपुरका ५३ जना बिरामीहरूलाई कम्बल वितरण गरिएको छ ।
सो कार्यक्रम लायन्स क्लब अफ बिरगंज आदर्शनगरका अध्यक्ष लायन सुरेश रुङ्गटाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ बिरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे तथा लायन्स क्लब पोखरियाका अध्यक्ष लायन नेजामुदिन समानीको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिस्ट्रीक एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना तथा विशिष्ट अतिथिहरूमा डिस्ट्रीक चिफ लायन श्याम गुप्ता, डिस्ट्रीक चिफ लायन गुड्डी जोशी र डिस्ट्रीक चिफ लायन चन्द्रशेखर प्रसाद कुर्मी साथै जोन चेयरपर्सन लायन डा० लक्ष्मी गुप्ता थापा,
डा० मनोज गुप्ता, जोन चेयरपर्सन लायन दिगम्बर गुप्ता, लायन्स क्लब प्रभुका अध्यक्ष लायन निरञ्जन साह, लायन्स क्लब पोखरियाकी उपाध्यक्ष लायन आशा देवी र लायन्स क्लब प्रभुकी लायन सरिता सिंह लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बिरगंज परिवारका उपाध्यक्ष लायन दिगम्बर थापाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न समाजसेवी व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।




COMMENTS