$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्सा–३ का मतदाता रुपेशमा देख्दैछन् विकासको हुटहुटी, निर्वाचनको तयारी तीव्र

पर्सा  । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लाम...

पर्सा

 । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लामो समयदेखि पुरानै शैलीको राजनीतिबाट आजित मतदाताहरू अहिले परिणाममुखी, जवाफदेही र जनमुखी नेतृत्वको खोजीमा देखिन्छन्। यही परिवेशमा व्यावसायिक पृष्ठभूमिबाट समाजसेवामा सक्रिय रुपेश पाण्डेय पर्सा–३ मा युवादेखि व्यापारी, बुद्धिजीवीदेखि राजनीतिक दलका कार्यकर्तासम्मको साझा अपेक्षाको केन्द्रमा उभिन थालेका छन्।


रुपेश पाण्डेयको राजनीतिक नीति “सानालाई माया, पूरानालाई सम्मान” भन्ने  मान्यतामा आधारित छ। यही नीति र व्यवहारका कारण उनी दलगत सीमाभन्दा माथि उठेर राजनीतिक दलका कार्यकर्ता, स्वतन्त्र सोच राख्ने नागरिक र तटस्थ मतदातामाझ समान रूपमा लोकप्रिय बन्दै गएका छन्। स्थानीयका अनुसार पाण्डेयले कसैलाई कमजोर र कसैलाई प्रतिस्पर्धीका रूपमा हेर्नेभन्दा पनि सबैलाई साझेदारका रूपमा व्यवहार गर्ने राजनीतिक संस्कारको अभ्यास गरिरहेका छन्।


पाण्डेय राजनीतिक गालीगलौज, आरोप–प्रत्यारोप र व्यक्तिगत कटाक्षभन्दा टाढा रहेर विकास निर्माण र नीतिगत एजेन्डालाई केन्द्रमा राख्दै मतदातासँग निरन्तर संवाद गरिरहेका नेता हुन्। उनले सार्वजनिक रूपमा अबको राजनीति भिडन्त होइन, समाधान खोज्ने प्रक्रिया हुनुपर्ने धारणा राख्दै आएका छन्। यही दृष्टिकोणका कारण उनी पर्सा–३ मा संयमित, परिपक्व र सकारात्मक राजनीतिक अनुहारका रूपमा चिनिन थालेका छन्।


उनले आफ्नो स्थिर व्यवसायिक जीवनलाई रोकेर राजनीतिक यात्राको थालनी गरेका हुन्। समाजका लागि केही गर्नुपर्ने हुटहुटी, जनताको आवाज नीति र निर्णयमा पुर्‍याउने चाहनाले आफू राजनीतिमा होमिएको पाण्डेय बताउँछन्। व्यवसायमा रहँदा बनाएको विश्वसनीयता, व्यवस्थापन क्षमता र परिणाममुखी सोचलाई अब सार्वजनिक सेवामा प्रयोग गर्ने उनको प्रतिबद्धता छ।


पाण्डेयले “पार्टीभन्दा जनता ठूलो हुन्छ” भन्ने मान्यतालाई व्यवहारमा उतार्दै आएका छन्। उनका अनुसार जनताको साथ र सहभागिताबिना कुनै पनि परिवर्तन सम्भव छैन। यही विश्वासका आधारमा उनी चिया पसलदेखि टोल–गल्ली, बजारदेखि गाउँबस्तीमा पुगेर नागरिकका समस्या सुन्ने, बुझ्ने र समाधानका उपाय खोज्ने कार्यमा अहोरात्र खटिएका छन्।


नयाँ पुस्तालाई राजनीतिमा अगाडि सार्नुपर्ने धारणा पाण्डेयको अर्को प्रमुख एजेन्डा हो। जेन–जी आन्दोलनपछि देशभर उठेको युवा नेतृत्वको आवाजलाई पर्सा–३ मा व्यवहारिक रूप दिन उनी सक्रिय देखिन्छन्। पुराना अनुभव र नयाँ ऊर्जा बीच सन्तुलन कायम गर्दै नेतृत्वको रूपान्तरण आवश्यक भएको उनको दृष्टिकोणले युवामाझ विशेष आकर्षण बढाएको छ।


पाण्डेयले पोखरिया, पकाहा, महुवन, चीपुरलगायत क्षेत्रका बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच विस्तार गर्ने तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन र रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखेका छन्। राष्ट्रिय निकुञ्जसँग समन्वय गरी धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने उनको भिजनलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।


पर्सा–३ अन्तर्गतका सात स्थानीय तह र ३५ वडालाई समेट्ने एकीकृत दीर्घकालीन विकास योजनामार्फत आर्थिक, सामाजिक र पूर्वाधार सुधार ल्याउने उनको प्रतिबद्धता छ। विगतमा धेरै राजनीतिक प्रतिनिधि निर्वाचित भए पनि अपेक्षित परिवर्तन नआएको यथार्थ औंल्याउँदै पाण्डेयले अब नेतृत्वको मूल्यांकन पार्टीको झण्डा वा भाषणबाट होइन, जनताको जीवनमा ल्याएको परिवर्तनबाट हुनुपर्ने समय आएको बताएका छन्।


धर्म–संस्कृति संरक्षण, सामाजिक सद्भाव, सहकार्य र मेलमिलापलाई सुदृढ बनाउने दृष्टिकोणका कारण पाण्डेयको छवि समुदायमा थप मजबुत बन्दै गएको देखिन्छ। जनताको साथलाई नै आफ्नो सबैभन्दा ठूलो शक्ति मानेर अघि बढिरहेका रुपेश पाण्डेय अहिले पर्सा–३ मा विकासको हुटहुटी बोकेका, सकारात्मक राजनीति अभ्यास गर्ने र नयाँ पुस्तालाई अघि सार्ने सम्भावित नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content