पर्सा जिल्लाबाट प्रकाशित हुंदै आएको फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक एवं प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्तामाथि बुधवार जीराभवानी गाउँपालिकाको केही उच्छृखंल कर्मचारीहरुले दुव्यर्वहार गरेका हुन् । त्यहाँका कर्मचारी इन्द्रजीत हजरा, जितेन्द्र मिश्रालगायतले पत्रकार शैलेशलाई अपशब्द प्रयोग गरी मोबाइल फोन खोस्ने र हातपात समेतको प्रयास गरेको थिए ।
पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा भइरहेको अनियमितता, भ्रष्टाचार र कर्मचारीका अनुपस्थितिको समबन्धमा स्थानीयद्वारा जानकारी प्राप्त भएपछि पत्रकार शैलेश गुप्ता समाचार संकलनका लागि बुधवार करिब १२ –३० बजे जीराभवानी गाउँपालिकाको कार्यालयमा पुगेका थिए ।
![]() |
| पत्रकार शैलेश गुप्ता |
पत्रकार गुप्ता जीराभवानी गाउँपालीकाको कार्यालयमा पुगेपछी कार्यालय समयमा प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधी तथा कर्मचारीहरू थिएनन । सो कार्यालयमा कार्यरत केही कार्यालय सहयोगी र गार्ड सहित २–३ जना कर्मचारीहरू मात्र थिए । कर्मचारीको कुर्सी खाली रहेको अवस्थामा पत्रकारले खाली कुर्सीको फोटो खिच्न खोज्दा त्यहाँ उपस्थित कर्मचारीहरूले मोबाइल खोसेर दुव्यर्वहार समेत गरेका थिए ।
![]() |
| कर्मचारी जितेन्द्र मिश्र |
यस घटनापछि प्रेस चौतारी नेपाल पर्साले विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकार शैलेश गुप्ताले सूचना सम्प्रेषणको लागि आफनो अधिकार र परिधिभित्र रही कार्य गरिरहेको अवस्थामा उनीमाथि दुव्यर्वहार गर्ने उच्छृंखल कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।
सम्बन्धित निकायले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही नगरिए प्रेस चौतारी नेपाल पर्सा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।










COMMENTS