कालिकामाई युवा समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न अध्यक्षमा आकाश चौरसिया ।

  बिकास पटेल 16 पौष कालिकामाई  पर्साको कालिकामाई गाउँपालिका स्थित कालिकामाई युवा समाजको दोस्रो वार्षिक साधारण सभा तथा नयाँ कार्य समिति चयन...

 

बिकास पटेल 16 पौष कालिकामाई 

पर्साको कालिकामाई गाउँपालिका स्थित कालिकामाई युवा समाजको दोस्रो वार्षिक साधारण सभा तथा नयाँ कार्य समिति चयन भएकोछ।

कालिकामाई युवा समाजको संस्थापक अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा भएको दोस्रो वार्षिक साधारण सभाबाट १३ सदस्य कार्य समिति र २१ सदस्य साधारण सभा सदस्य हुने गरी नयाँ कार्य समिति चयन गरिएको छ।

 

नयाँ कार्य समितिको अध्यक्षमा संस्थापक अध्यक्ष समेत रहेका आकाश चौरसिया,वरिष्ठ उपाध्यक्षमा आकाश महतो,उपाध्यक्षमा भरत साह,महा सचिवमा विशाल कुशवाहा,सचिवमा सुदिप चौरसिया,कोषाध्यक्षमा बुलट तिवारी र सदस्यमा सविर आलम,मोहन महतो,रमेश चौरसिया, साहजाद आलम,सुजित कुशवाहा ,चन्द्रशेखर पटेल,विनय चौरसिया लगायतका नयाँ कार्य समिति सर्व सहमत चयन भएकोछ।

नयाँ कार्य समितिको अध्यक्षमा पुनः सर्वसहमत चयन हुनुभएको आकाश चौरसियाले संस्थलाई अझ दृढ संकल्पका साथ सर्वोच्च शिखरमा पुर्याउन आफू सधै तत्पर रहने र सम्पूर्ण कार्यसमिति र साधारण सभा सदस्यहरुको सल्लाह र सुझावलाई टेकेर अगी बढ्ने प्रतिबद्धता जनाउनु भएको छ।

 साधारण सभाको निर्वाचन समितिमा बसी सहजीकरण गरिदिनु भएको निर्वाचनमा अधिकृत सुबोध कुमार चौरसिया ,सदस्यहरू छठू साह,जयप्रकाश चौरसिया र तपसी साह ज्युलाई नयाँ कार्य समितिले टिका , खाँदा र सम्मान पत्र प्रदान गरी सम्मानित गरेको संस्थाको कोषाध्यक्ष बुलेट तिवारीले जानकारी गराउनु भयो।


युवा समाजको दोस्रो वार्षिक साधारण सभामको प्रमुख अतिथि वडा नं २ को वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया, वशिष्ठ अतिथि वडा नं १ को वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया, गैह्र सरकारी संघ महासंघ पर्साको अध्यक्ष छठु साह,ने. रा.मा. बि. को प्र. अ शिक्षक इन्द्रदेव कुर्मी,श्री सुकई साह मा.बि को प्र. अ सुबोध चौरसिया,कालिका कन्या आ.बि. को प्र. अ. तपसी साह ,जनता मा.बि. को शिक्षक जयप्रकाश चौरसिया,वडा सदस्य सञ्जय शर्मा ,इलाका प्रहरी कार्यालय कालिकामाईको प्रहरी सहायक निरीक्षक जगमोहन साह कानु ,कालिकामाई युवा समाजको साधारण सभा सदस्य लगायत अन्य स्थानीय युवाहरुको सहभागिता रहेको थियो!


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content