बंगलादेश घटनाविरुद्ध हिन्दुवादी संस्थाद्वारा गौरमा विरोध प्रदर्शन

अशोक यादव रौतहट, ९ पुस । बंगलादेशमा क्रूरतापूर्वक हत्या गरिएका हिन्दु युवक दिपु चन्द दासका हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबा...

अशोक यादव
रौतहट, ९ पुस । बंगलादेशमा क्रूरतापूर्वक हत्या गरिएका हिन्दु युवक दिपु चन्द दासका हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग गर्दै हिन्दुवादी संस्थाहरूको आहवानमा रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेका अमानवीय अत्याचार, हिंसा र लक्षित हत्याको कडा निनदा गर्दै उक्त घटनाले सम्पूर्ण हिन्दु समाजलाई स्तब्ध र आक्रोशित बनाएको बताएका छन।
निर्दाेष युवक दिपु चन्द दासको हत्या कुनै एक व्यक्तिमाथिको मात्र आक्रमण नभई मानवता, धार्मिक सहीष्णुता र लोकतान्त्रिक मूल्यहरूमाथिको गम्भीर प्रहार भएको उनीहरूको भनाइ छ।
वक्ताहरूले यस्ता घटनाप्रति समयमै आवाज नउठाए र हिन्दु समुदाय चुप लागेर बसिरहे आगामी दिनमा नेपाललगायत अन्य मुलुकमा पनि अझ गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन। त्यसैले जाति, धर्म र समुदायभन्दा माथि उठेर सबै नेपाली नागरिक सचेत, एकजुट र जागरूक हुन आवश्यक रहेको उनीहरूको जोड थियो।
प्रदर्शनका क्रममा दोषीहरूलाई कडा सजाय दिन, अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार छानबिन गर्न सम्बन्धीत निकायहरूको ध्यानाकर्षण गराइएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content