पुष, ०४, वीरगञ्ज ।
नेपालमा पहिलो पटक एसिलोरलक्सीटाको एक्सपेरियनस जोन किरण आँखा अस्पतालबाट सूरुबात भएको छ । महानगरका प्रमुख राजेशमान सिंहले एक कार्यक्रमका बिच शुक्रबार एसिलोरलक्सीटाको एक्सपेरियनस जोन ब्राण्डको उद्घाटन गर्नु भयो । निकै उच्च स्तरको बिभिन्न गुणस्तमा चस्माहरु किरण आँखा अस्पतालमा मात्र पाईने भएकोले सेवाको उपभोग गर्न महानगर प्रमुखले सबैमा आग्रह गर्नु भयो । स्वाथ्य सेवामा प्रभावकारी उच्च सेवा गरिरहेको किरण आँखा अस्पतालले ल्याएको उक्त एसिलोर लक्सीटाको एक्सपेरियनस जोनबाट महानगर सहित भारतका स्थानियले राम्रो सेवा पाउने प्रमुख सिंहले बिश्वास व्यक्त गर्नु भयो ।
यसै बिच, आँखाको चस्ममा प्रयोग भएका लेन्सका लागि ओरिजनल र बिश्वको १ नम्बर केवल यो ब्राण्डले आँखाका लागि राम्रो भएको र अन्य कुनै प्रकारको असर नपर्ने भएकोले थोरै महङगो भएपनि लामो समय सम्म काम लाग्ने एसिलोरलक्सीटाको नेपालका लागि बजार प्रमुख कामना गिरीले जानकारी दिनु भयो ।
उद्घाटन समारोमा किरण आँखा अस्पतालको संचालक डा.अमर क्याल तथा डा.बन्धना क्याल व्यवस्थापन प्रमुअ अभिषेक क्याल,यसैगरी अतिथिको रुपमा डा.आनन्द कुमार झा,डा.मनोज रुङगटा, डा.राकेश झा, डा.अबिशेक सिंह, डा. जगदिश अग्रवाल, डा.मञ्जुलता अग्रवाल,एम ईजहार,ग्रिनसिटीका अध्यक्ष जय प्रकाश खेतनालगायत अन्य समेतको सहभागीता रहेको थियो ।





COMMENTS