शैलेश गुप्ता १४ पौष पोखरिया पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४मा रहेको पोखरेश्रवर महादेव मन्दिरको नव निर्ममित मन्दिर परिसरमा आज सशत्र प्...
शैलेश गुप्ता १४ पौष पोखरिया
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४मा रहेको पोखरेश्रवर महादेव मन्दिरको नव निर्ममित मन्दिर परिसरमा आज सशत्र प्रहरी वेश केम्प पोखरियाका प्रहरी नायबउपरिक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले २५ औ सशत्र प्रहरी दिवस २०८२ को उपलक्ष्यमा मन्दिर परिसरको बाहिर र भित्र सरसफाई कार्यक्रम सम्पन गरेको छ ।
मन्दिर परिसरमा रहेको फोहोरमैलाहरु सँकलन गरी उपयुक्त ठाउमा ब्यवस्थापन गरेको प्रहरी नायबउपरिक्षक कटुवालले जनाएका हुन । प्रहरी प्रमुख कटुवालका अनुसार मठ मन्दिरमा सरसफाई गर्नाले पुन्य हुने धार्मिक विशवास रहेको उनले बताए । २५ औ सशत्र प्रहरी दिवस २०८२ नजिक हुनलागेको अवसरमा सो सरसफाई गरिएको उनको भनाई रहेको छ ।





COMMENTS