मनिकचन साह 16 पौष अनुसन्धानटिबी बारा
नेपाली कांग्रेस बाराले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फका आकांक्षीहरूको नामावली जिल्ला नेतृत्वमा पठाएसँगै पार्टीभित्र ‘सबैभन्दा शक्तिशाली र सम्भावना बोकेका’ चार जनाको नाम विशेष चर्चामा आएको छ ।
जिल्लाका छुट्टा/छुट्टै चार क्षेत्रबाट प्रत्यक्षतर्फ सबभन्दा बलियो दाबेदार मानिएका उम्मेदवारहरू स्थानीय राजनीति, संगठनात्मक प्रभाव र लोकप्रियताको आधारमा अग्रस्थानमा छन्।
जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रगत सिफारिस सर्वसम्मत रूपमा प्रदेशमा पठाएपछि यी चार नामले कांग्रेस बाराको राजनीतिक वृत्तमा चर्चा पाएको हो ।
बारा क्षेत्र नम्वर १ का लागि उमाकान्त चौधरी भएका छन् ।
बारा १ मा पार्टीभित्र र बाहिर दुबैमा उच्च स्वीकार्यता कायम राखेका चौधरी एक्ल प्रत्यक्ष दाबेदारका रूपमा सिफारिस भएका छन् ।
पार्टीका सह महामन्त्री मानिने चौधरीको केन्द्रीय संगठनमा बलियो पकड छ । निर्वाचनमा उनी कांग्रेसका सबैभन्दा सुनिश्चित उम्मेदवार मानिएको स्थानीय नेताको टिप्पणी छ ।
यता बारा क्षेत्र नम्वर २ मा प्रतिनिधित्व गर्दै राधेचन्द्र यादवको प्रवल सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा चुलिएको छ ।
नेपाली कांग्रेसले उम्मेद्वार सिफारिस गर्दा असल, ईमान्दार तथा क्षमतावानलाई उच्च प्राथमिकतामा राखेर सिफारिस गरेका कारण पनि यादवको प्रवल सम्भावना रहेको छ ।
बारा ३ मा संगठनकै भरोसा मानिएका छन् मनोज भट्ट । उनी कांग्रेस बाराका उपसभापति समेत रहेका छन् ।
बारा ३ मा नाम सिफारिस पाएका नेतामध्ये भट्टको प्रतिस्पर्धीका रूपमा उनको चर्चा छ ।
संगठन विस्तारमा सक्रियता, स्थानीय तहमा सहमति निर्माण गर्ने क्षमता र क्षेत्रीय राजनीतिमा लामो उपस्थितिका कारण भट्टलाई काँग्रेसभित्र ‘सबैभन्दा सम्भावना बोकेका’ उम्मेदवार मानिएको स्थानीय नेताहरू बताउँछन् ।
अन्य दलसंगसमेत समन्वय गर्ने सक्ने क्षमताका कारण उनको चर्चा चुलिएको हो ।
बारा ४ मा नेतृत्वमै रहेका दिपेन्द्र पटेलको चर्चा छ ।
नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष समेत रहेका पटेल बारा ४ का सबैभन्दा बलिया प्रत्यक्ष दाबेदारका रूपमा अघि आएका छन् । जहाँ मत ल्याउन एकदमै प्रतिस्पर्धा छ । जसको विकल्प नरहेपछि पटेल नै एक मात्र दर्विला उम्मेद्वार रहेको कंग्रेस वृत्तमा चर्चा छ ।
पार्टी संगठन सञ्चालनको अनुभव, क्षेत्रगत सञ्जाल र जिल्लैभरि रहेको प्रभावका कारण पटेलको उम्मेदवारी सबभन्दा बलियो मानिएको छ।





COMMENTS