शैलेश गुप्ता २५ मङ्सिर पोखरिया
पर्साको पोखरिया नगरपालीका वडा नम्बर २ को डमरापुर स्थित रहेको नेटुईया टोलामा लुकाई छिपाई सन्चानमा रहेको घरेलु मदिरा उत्पादन गर्ने भठी र उत्पादित मदिरा प्रहरीद्धारा नष्ट गरिएको छ ।
स्थानीय राजकिसोर यादवको घरमा सँचानमा रहेको घरेलु मदिरा उत्पादन गर्ने भठीलाई विशेष सुराकीको आधारमा शशत्र प्रहरी सुरक्षा वेश केमप पोखरियाको प्रहरी नायब उपरिक्षक शम्भु कटुवाल र ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक प्रदिप पौडेलको सँयुक्तको टोलीले सो मदिरा उत्पादन गर्ने भठी सहित ५ सय लिटर उत्पादन गरेको मदिरा र मदिरा उत्पादन गर्नकालागी भण्डारण गरी राखीएको कच्चा पद्धार्थ पनी नष्ट गरिएको शशत्र प्रहरी सुरक्षा वेश केमप पोखरियाको प्रहरी नायब उपरिक्षक शम्भु कटुवालले जानकारी दिएका हुन।
प्रहरीका अनुसार मदिरा उत्पादन गर्ने ठाउमा प्रहरीको टोली पुगनु अघिनै सो घरमा रहेका ब्यक्तीहरु घर छाडेर फरार भएका थिए । सो घर भित्र रहेको मदिरा उत्पादन गर्ने चुलो , भाडाकुडा फुटाई कच्चा पदार्थहरु सहित उत्पादन गरी विक्री गर्नकालागी भण्डारण गरी राखीएको मदिरा समेत प्रहरीले भुईमा खन्याई नष्ट गरेको प्रहरी नायब उपरिक्षक कटुवालले जानाए ।





COMMENTS