वीरगंज १५ पुस । वीरगंजमा आज एक्कासि अत्याधिक चिसो बढेपछि सामुदायिक कुकुरहरूको लागि न्यानो बासको व्यवस्था गरिएको छ । वीरगंज कपडा बैंकले सुम...
वीरगंज १५ पुस । वीरगंजमा आज एक्कासि अत्याधिक चिसो बढेपछि सामुदायिक कुकुरहरूको लागि न्यानो बासको व्यवस्था गरिएको छ ।
वीरगंज कपडा बैंकले सुमार्ग बिन्दु आमा प्रतिष्ठानको सहयोगमा मंगलवार वीरगंजको जेलचौकस्थित खोरमा रहेका सामुदायिक कुकुरहरूका लागि पराल बिछाई कपडाबाट बनाइएका चकटी (सानो बिस्तरा) ओछ्याएको छ ।
कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सदस्य नवराज भट्टराई, अभिलाष गुप्ता, सुमार्ग बिन्दु आमा फाउन्डेसनका सल्लाहकार मार्टिन मोक्तान, राजु चिया पसलका सञ्चालक राजु साह तुराहा लगायतले २×२ फिटका आठ थान चकटी तयार गरी आज कुकुरहरूलाई बस्ने प्रबन्ध मिलाएर केही हदसम्म राहतको व्यवस्था गरेको हो ।

COMMENTS