पोखरिया, ६ पुस । थुनुवाहरुलाई जाडोमा राहत पु-याउने उद्देश्यले कम्बल वितरण गरिएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेक...
पोखरिया, ६ पुस । थुनुवाहरुलाई जाडोमा राहत पु-याउने उद्देश्यले कम्बल वितरण गरिएको छ ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको इलाका प्रहरी कार्यालय पोखरियाको थुनुवाहरूलाई चिसो याममा जाडो छल्नका लागि १० थान कम्बल वितरण गरिएको नेता नेजामोदिन समानीले जानकारी दिए ।
श्रीकिसुन प्रसाद चौहान, नेता समानी, नेत्री आशा देवी चौहान, कृष्णा साह लगायतले १० थान न्यानो कम्बल इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्ष्Fक प्रदिप पौडेललाई हस्तान्तरण गरिएको हो ।
दुई दिनदेखि तराई मधेसमा बढदो चिसो र शीतलहर शुरु भएपछि थुनुवाहरू कठ्यान्ग्रिदो जाडोमा राहतको लागि कम्बल हस्तान्तरण गरिएको नेत्री चौहानले बताइन् ।





COMMENTS