शैलेश गुप्ता ७ पौष विरगन्ज
एमालेको कारण प्राप्त पहिचान भुल्ने कल्पना पनि गरिन्न, पुर्व मन्त्री राजकुमार गुप्ताले भ्रमको खेतिले कोहि हल्लिन्न भन्ने सामाजिक सँजाल फेसबुक मार्फत जानकारी दिनु भएको छ ।
म विद्यार्थी जीवनदेखि नै नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गरेको व्यक्ति हुँ। यही यात्राक्रममा विभिन्न सम्मानजनक पद र जिम्मेवारीमा पुग्ने अवसर पाएँ।
बाहिर जे जस्ता कुप्रचार गरिए पनि, मेरो राजनीतिक आस्था र प्रतिबद्धता नेकपा एमालेमै अडिग छ। एमाले बाहेक अन्य कुनै दलको परिकल्पना म गर्न सक्दिन । तत्काल स्वर्थको लागि कोहि कसैले बाटो बिराए पनि घर फर्क अभियानमा बिराम लाग्दैन । सगै बस्ने सुबिधा लिने अनि भने जति भएन भने पार्टि बदल्ने पर्सेलि राजनितिको परम्परामा अब कोहि लाग्दैन । अनि सतिसाल जस्तो उभिएको मेरो निस्ठामा कसैले औला देखाएमा त्यो के होला सोचुन ।एमाले हात्ति हो एकाध उपियाँ टोक्दै सर्दै गर्दा असर पर्दैन ।१० जान्छन हजार आउछन यो पर्सा एमालेको इतिहास हो । कोहि आत्तिने र निरास हुन जरुरि छैन ।
नेता राजकुमार गुप्ता
नेकपा एमाले , पर्सा ।





COMMENTS