मेवालाल यादव
विगत लामो समयदेखि अपाङ्गता क्षेत्रमा सक्रिय रहँदै अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकाराष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, मधेस प्रदेशको अध्यक्ष पदमा राजेश साहको उम्मेदवारी घोषणा
र संरक्षणका लागि निरन्तर वकालत तथा पैरवी गर्दै आइरहनुभएका एक अग्रणी अभियन्ताले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, मधेस प्रदेशको अध्यक्ष पदमा राजेश साहले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
अपाङ्गता क्षेत्रमा दशकौँदेखि कार्यरत रहनुभएका उहाँले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न, पहुँचयुक्त सेवा विस्तार गर्न, अधिकार संरक्षण सुनिश्चित गर्न तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न विभिन्न तहमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। उहाँले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी भूमिका निर्वाह गर्दै अपाङ्गता अधिकार आन्दोलनलाई सशक्त बनाउन सक्रिय योगदान दिनुभएको बताइन्छ।
यसअघि उहाँ राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, मधेस प्रदेशको सचिवको जिम्मेवारीमा रहँदै प्रदेशस्तरीय आबद्ध संस्थाहरूको संस्था विकास, क्षमता अभिवृद्धि, आपसी समन्वय तथा संगठन सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएको थियो।
महासङ्घसँग आबद्ध मधेस प्रदेशका विभिन्न संस्थाहरूको समर्थनसहित उहाँले यही मिति १८ र १९ गते आयोजना हुने छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दिनेराजेश साहले औपचारिक घोषणा गर्नुभएको हो।
उम्मेदवारले अध्यक्षमा निर्वाचित भएमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न नीति निर्माण प्रक्रियामा प्रभावकारी हस्तक्षेप गर्ने, संस्थागत सुशासन कायम गर्ने तथा मधेस प्रदेशभर अपाङ्गता अधिकार आन्दोलनलाई अझ व्यवस्थित र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मधेस प्रदेशमा अपाङ्गता अधिकारको संस्थागत विकास, नेतृत्व सुदृढीकरण र समावेशी अभियानलाई अगाडि बढाउने दृष्टिले यस उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ।





COMMENTS