कांग्रेस र कम्युनिस्ष्टको गलत नीतिको कारण देश गम्भीर आर्थिक संकटमा– नेता महतो

शैलेश गुप्ता पोखरिया, ८ पुस । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस र कम्युनिस्टहरूको गलत नीतिका कारण देश गम्भीर...

शैलेश गुप्ता
पोखरिया, ८ पुस । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस र कम्युनिस्टहरूको गलत नीतिका कारण देश गम्भीर आर्थिक सङ्कटमा फसेको आरोप लगाएका छन् ।
 
मंगलवार पर्सामा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यकमलाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेसले निहत्था युवाहरूलाई जेन–जी आन्दोलनमा सहादत दिन बाध्य बनाएको बताए । उनले विगतमा भएका मधेश आन्दोलन, थारू आन्दोलन, जनजाति आन्दोलन छुट्टाछुट्टै रूपमा सम्पन्न भए पनि अबको आन्दोलन मधेशी, जनजाति, थारू लगायत सबै समुदाय एकजुट भई संविधान पुनर्लेखनका लागि साझा संघर्ष गर्ने स्पष्ट पारे ।

जिल्ला अध्यक्ष राजेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सह–महासचिव नेजामुद्दीन शमानीले समसामयिक राजनीतिक परिस्थिति, देशको वर्तमान अवस्था तथा पार्टीको भावी कार्यदिशावारे सम्बोधन गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू अनिरूद्ध प्रसाद कलवार, रेखा घिमिरे, गगनदेव प्रसाद कुर्मी तथा दिव्य प्रकाश चतुर्वेदीलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा गिरधारी झाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय मुक्ति पार्टी नेपालमा टिका लगाई औपचारिक रूपमा प्रवेश गरेको छ। नवप्रवेशी सदस्यहरूलाई राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पार्टीमा स्वागत गरेको  पर्साका सचिव फहीम हवारीले जानकारी गराएका छन् ।
 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content