शैलेश गुप्ता ०७ पौष पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ६ ईस्थित रहेको नेपाल राष्ट्रिय दलित उत्थान प्राथमिक विधालय श्रीसियामा आज...
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ६ ईस्थित रहेको नेपाल राष्ट्रिय दलित उत्थान प्राथमिक विधालय श्रीसियामा आज अभिभावक भेला सम्पन भएको छ ।
सो अभिभावक भेलाबाट विधालय ब्यवस्थापन समितिका लागी सर्वसहमतीले महिला तर्फ २ जना र पुरुष तर्फ २ जना गरी ४ जना अभिभावकहरुको प्रतिनिधी चयन गरिएको पोखरिया नगरपालीकाको शिक्षा साखाले जनाएको छ । चयन हुने प्रतिनिधिहरुमा जिवन ज्योती पासवान ,शम्भु हजरा ,आसमा खातुन ,नगिया देवी रहेकी छिन ।
नेपाल राष्ट्रिय दलित उत्थान प्राथमिक विधालय श्रीसियाका प्रधानाध्यापक विजय पटेल अध्यक्ष्तामा भएको अभिभावक भेलामा पोखरिया नगरपालीकाको शिक्षा समितिको तर्फ बाट ललन पटेल,पारस ठाकुर ,रामबाबु प्रसाद चौहान, पसुराम हजरा लगायत स्थानीय गनमान गाउँ वासी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।




COMMENTS