पुष ५ गते, शनिवार
पोखरिया नगरपालिका वार्ड नं ८ जगतपुर टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटि र जोन चेयर परसन डा।लक्ष्मी थापा ज्यूको सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भयो।
राष्ट्रिय मुक्ति पार्टी नेपालका सह(महासचिव नेजामुद्दीन शमानी तथा नेपाली काँग्रेसका नेत्री आशा देवीको पहलमा आयोजित यस स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आँखाको जाँच तथा परामर्श प्रदान गरिएको थियो ।
जाँचका क्रममा ६५ जना व्यक्तिमा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने र यो शिविर पोखरिया नगरपालिकाको दश वटै वार्डमा गरीने परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेय जानकारी गराउनु भो ।
श्री टैरी माई युवा क्लब जगतपुरको अध्यक्ष अभिषेक कुमार सर्राफको अध्यक्षतामा सम्पन्न शिविरमा डा। मनोज गुप्ता, डा।लक्ष्मी थापा, डा।महेश सिंह धामी, नेजामुद्दीन शमानी, आशा देबी, नन्दकिशोर चौहान, तथा अन्य सम्माननीय व्यक्तिहरूको पनि विशेष उपस्थिति रहेको थियो।





COMMENTS