शैलेश गुप्ता १९ मङ्सिर पोखरिया
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ३ ईस्थित रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय वसन्तपुरमा आज अभिभावक भेला सम्पन भएको छ ।
सो अभिभावक भेलाबाट विधालय ब्यवस्थापन समितिका लागी सर्वसहमतीले महिला तर्फ बाट २ जना र पुरुष तर्फ बाट २ जना गरी ४ जना अभिभावकहरुको प्रतिनिधी चयन गरिएको पोखरिया नगरपालीकाको शिक्षा साखाले जनाएको छ । चयन हुने प्रतिनिधिहरुमा रिता देवी कानु ,पानमती देवी नुनीया,उपेन्द्र प्रसाद यादव ,जिउतलाल मुखिया विन रहेका छन।
नेपाल राष्ट्रिय प्राथमिक विधालय वसन्तपुरका प्रधानाध्यापक चन्द्रिका प्रसाद चौहानको अध्यक्ष्तामा भएको अभिभावक भेलामा अतिथिको रुपमा रहेका वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रवेश प्रसाद चौहान ,वडा सदस्य, हरिन्द्र महतो, पोखरिया नगरपालीकाको शिक्षा समितिको तर्फ बाट ललन पटेल,पारस ठाकुर ,रामबाबु प्रसाद चौहान, लगायत स्थानीय गनमान गाउँ वासी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।





COMMENTS