पोखरिया नगरपालिका वार्ड नं ९ सेमरबारी टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटि र जोन चेयर परसन डा।लक्ष्मी थापा ज्यूको सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा चेक जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न भएको छ ।
स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी तथा आशा देवीको पहलमा आयोजित यस स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आँखाको जाँच तथा परामर्श प्रदान गरिएको थियो । जाँचका क्रममा ३४ जना व्यक्तिमा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने र यो शिविर पोखरिया नगरपालिकाको दश वटै वार्डमा गरीने परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले जानकारी गराउनु भो ।
समाजसेवी रोसन कुमार कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह(महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेसका नेत्रि आशा देबि, रामेश्वर चौहान, नन्दकिशोर चौहान तथा अन्य सम्माननीय व्यक्तिहरूको पनि विशेष उपस्थिति रहेको थियो ।





COMMENTS