पोखरिया, ६ पुस । पोखरिया नगरपालिका वडा नं. ३, बसतपुरमा आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर आइतवार सम्पन्न भएको छ। राष्ट्रिय मुक्ति पार्...
पोखरिया, ६ पुस । पोखरिया नगरपालिका वडा नं. ३, बसतपुरमा आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर आइतवार सम्पन्न भएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन शमानी तथा नेपाली काङग्रेसकी नेत्री आशा देवीको पहलमा लायन्स क्लब वीरगंज परिवार, लायन्स क्लब वीरगंज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा निःशुल्क आयोजित शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।
आइतवारको जाँचमा ७५ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको छ । मंसिर १७ गतेदेखि पोखरिया नगरपालिकाका १० वटै वडामा सञ्चालन भएका शिविरहरूमा २,६०० जनाको आँखा जाँच गर्दा ५७४ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने जानकारी लायन नरोत्तम पाण्डेयले दिनुभएको छ।
हरिन्द्र महतो केवटको अध्यक्षतामा सम्पन्न शिविरमा नेजामुद्दीन शमानी, आशा देबी, नन्दकिशोर चौहानलगायतको उपस्थिति थियो।

COMMENTS