पुराना दलहरू भोट माग्न आए प्रश्न गर्न आम जनतामा पन्तको आग्रह

वीरगंज, ११ पुस । आगामी निर्वाचनमा पुराना दलहरू फेरि पनि भोट माग्न आए उनीहरूलाई प्रश्न गर्न आम जनतामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभाप...

वीरगंज, ११ पुस । आगामी निर्वाचनमा पुराना दलहरू फेरि पनि भोट माग्न आए उनीहरूलाई प्रश्न गर्न आम जनतामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले आग्रह गरेका छन् ।
 
वीरगंज महानगर  वडा नं ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै पन्तले विगत पैंतीस वर्षदेखि पटक–पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले अब जनता समक्ष मत माग्ने नैतिक अधिकार समेत गुमाई सकेको बताए ।
 
उक्त भेलाले राष्ट्रीय स्वतन्त्र पार्टीको वीरगंज महानगरको वडा नं  ४ र ५ मा संगठन समेत विस्तार गरेको छ ।  भेलाले वडा नं ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटीको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा र सदस्यहरूमा शेख सहजाद, कृष्टा थापा सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरू जोशी रहेका छन्  ।

त्यसैगरी वडा नं ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ ।
कमिटिको उपसभापतिमा अरूण  मानन्धर, सचिवमा सकील अहमद र सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरूङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरूङ रहेका छन् ।
 
रास्वपा महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद गरेका थिए ।
 
महानगर उपसभापति परितोश द्विवेदीले स्वागत मन्तव्य राखेका भेलामा क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ, नेता परवेज अख्तर,नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले मन्तब्य राखेका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content