जगत राई वीरगंज, ८ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जद्वारा आयोजित दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर ...
जगत राई
वीरगंज, ८ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जद्वारा आयोजित दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार सातौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।
सातौँ दिनको पहिलो खेल छात्रातर्फ गुरुकुल एकेडेमी र सनशाइन एकेडेमीबीच सम्पन्न भयो । प्रतिस्पर्धात्मक खेलमा गुरुकुल एकेडेमीले सनशाइन एकेडेमीलाई ८ रनले पराजित गर्दै जीत हात पार्यो । उक्त खेलमा अग्रदा झा *प्लेयर अफ द म्याच घोषित भइन् ।
दोस्रो खेल छात्रातर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र ज्ञान वाटिका*बीच भएको थियो । खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १३ रनको जीत दर्ता गर्यो । यस खेलकी *प्लेयर अफ द म्याच रागिनी कुशवाहा घोषित भइन् ।
तेस्रो खेल जुनियर छात्रतर्फ डोल्फिन एकेडेमी र फुर्कान एकेडेमी बीच सम्पन्न भयो । खेलमा फुर्कान एकेडेमीले ६० रनको फराकिलो जित हासिल गर्यो । उक्त खेलका प्लेयर अफ द म्याच सेइख हबीबुल्लाह बने ।
चौथो खेल जुनियर छात्रतर्फ अल्पाइन हाई स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमी बीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ३ विकेटले जित दर्ता गर्यो । यस खेलका प्लेयर अफ द म्याच रितिक कुशवाहा घोषित भए ।
सातौँ दिनको अन्तिम खेल छात्रातर्फ साउथ जोन सेकेन्डरी स्कुल र लिटल एन्जेल्स सेकेन्डरी स्कुल*बीच सम्पन्न भयो । खेलमा साउथ जोन सेकेन्डरी स्कुलले ८१ रनको शानदार जित हात पार्यो । उक्त खेलकी प्लेयर अफ द म्याच सिवानी साह घोषित भइन् ।
आयोजकका अनुसार पुस ८ गते सम्पन्न सातौँ दिनका खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । वीरगञ्जमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

COMMENTS