गरनाथपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारबाट सुरु

  शैलेश गुप्ता ४ पुष पोखरिया  पर्साको जगरनाथपुर गाउपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ । पालि...

 

शैलेश गुप्ता ४ पुष पोखरिया 

पर्साको जगरनाथपुर गाउपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ । पालिकाको वडा नं। ५ मधुवाहा   स्थित रहेको  श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको उदघाटन गाउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गर्नु भएको थियो ।

सो अवसरमा पालिका अध्यक्ष यादवले खेलकुद अनुशासित नागरिक बनाउने पाठशाला भएको बताउनु भयो । खेलकुद केवल मनोरञ्जन मात्र नभई विद्यार्थीहरूको सर्वाङ्गीण विकासको बलियो आधार हो–यादवको भनाई थियो । 

“विद्यार्थीहरू भोलिका राष्ट्र निर्माता हुन् । उनीहरूलाई मानसिक रूपमा तिखार्न र शारीरिक रूपमा सबल बनाउन खेलकुदले मद्दत पुर्याउछ ।” पालिका अध्यक्ष यादवले खेल पूर्वाधारमा पालिकाको लगानी बढाउदै लैजाने बताउनु भएको छ । 

    उदघटन कार्यक्रममा पालिका उपाध्यक्ष बबिता क्षेत्री सिंहले छात्राहरूको सहभागिता र क्षमता प्रदर्शनमा जोड दिनु भएको छ ।

    पालिका उपाध्यक्ष सिंहले खेलकुद आत्मविश्वास बढाउनका लागि महत्वपुर्ण साध्य हो भन्दै खेलकुदको माध्यमबाट महिला सशक्तिकरण र सामाजिक एकता मजबुत बनाउन आफु सदा लागि पर्ने बताउनु भएको छ ।

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले प्रतियोगिताको व्यवस्थापकीय पक्ष र यसको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।  

    जगरनाथपुर गाउ“पालिकाका सबै ६ वटै वडाका विद्यालयहरूको सहभागिता रहने प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, भलिबल, कबड्डी लगायत विभिन्न विधामा छात्र–छात्राहरूबीच प्रतिस्पर्धा हुने छ । पालिका स्तरका उत्कृष्ट खेलाडीलाई उनीहरूलाई जिल्ला र प्रदेश स्तरीय प्रतियोगितामा सहभागि गराउने पालिकाले जनाएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?



सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content