शैलेश गुप्ता २३ मङ्सिर पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९ ईस्थित रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय व चौकिया वैरियामा आज अभिभावक भेला सम्पन भएको छ ।
सो अभिभावक भेलाबाट विधालय ब्यवस्थापन समितिका लागी सर्वसहमतीले महिला तर्फ २ जना र पुरुष तर्फ २ जना गरी ४ जना अभिभावकहरुको प्रतिनिधी चयन गरिएको पोखरिया नगरपालीकाको शिक्षा साखाले जनाएको छ । चयन हुने प्रतिनिधिहरुमा सोभा देवी पटेल, धनमाया राई, सँजित प्रसाद यादव, असलम आलम रहेका शिक्षा साखा प्रमुख लालन पटेलले जनाएका हुन ।
नेपाल राष्ट्रिय प्राथमिक विधालय चौकिया वैरियाका प्रधानाध्यापक उष्मा कुमारीको अध्यक्ष्तामा भएको अभिभावक भेलामा अतिथिको रुपमा रहेका वडा नम्बर ४ का वडा अध्यक्ष नौसाद आलम रामबाबु प्रसाद चौहान , जिन्सी साखा प्रमुख भगवान साह कानु , शिक्षा समिति सदस्य, प्रशुराम हजरा,मनजुर मिया,लगायत स्थानीय गनमान गाउँ वासी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।





COMMENTS