हिन्दु धर्मको रक्षाका लागी काम गर्ने नेता सन्तोष पटेललाई ज्यान मार्ने धम्की,

वीरगञ्ज । नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज ९सन्तोष पटेल० लाई ज्यान मार्ने धम्की आएको छ । वीरगञ्ज महानगरपालिका – ६ नि...

वीरगञ्ज । नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज ९सन्तोष पटेल० लाई ज्यान मार्ने धम्की आएको छ । वीरगञ्ज महानगरपालिका – ६ निवासी नदीम अन्सारी नामक युवकले सामाजिक सञ्जाल मार्फत एउटा भिडियो पोस्ट गर्दै पटेललाई ज्यान मार्ने धम्की दिएका हुन् ।

आफूलाई ज्यान मार्ने धम्की आएपछि पटेलले आइतबार पत्रकार सम्मेलन गर्दै अन्सारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनले आफ्नो पार्टीले प्रेस विज्ञप्ति नै जारी गरेर अन्सारीलाई पक्राउ गर्न पर्सा प्रहरी र जिल्ला प्रशासन कार्यालय पर्सासँग आग्रह गरेको पनि जानकारी दिए ।

पटेलले पत्रकार सम्मेलनमा अन्सारीले सामाजिक सञ्जालमा राखेको भिडियो पनि देखाएका थिए ।  भिडियोमा अन्सारीले हिन्दु धर्म र हिन्दुहरूका विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै पटेललाई “मारेर भारतको रक्सौल रेल्वे ट्र्याकमा फालिदिने” धम्की दिएको स्पष्ट सुनिन्छ ।

अध्यक्ष पटेलले आफू लामो समयदेखि हिन्दुहरूको हकहित र अधिकारका लागि खुला रूपमा आवाज उठाउँदै आएकाले आफूलाई लक्षित गरी यस्तो धम्की आएको आरोप लगाए । उनले आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट नेपाल जनता पार्टीको तर्फबाट उम्मेदवार बन्ने तयारी गरिरहेको र सोही कारण आफूलाई धम्की दिएको दाबी समेत गरे ।

“म हिन्दुहरूको पक्षमा बोल्दै आएको व्यक्ति हुँ, त्यसैले ममाथि यस्तो जघन्य धम्की आएको छ,” उनले भने, “यो केवल मेरो व्यक्तिगत सुरक्षाको मात्र होइन, समग्र हिन्दु समुदायमाथिको धम्की हो ।”

धम्की दिने नदिन अन्सारीलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग स्थानीय हिन्दु समुदाय र नेपाल जनता पार्टीका नेता–कार्यकर्ताहरूले गरेका छन् ।

घटनाले वीरगञ्ज क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने खतरा बढेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको जनाएको छ ।

अन्सारीले सार्वजनिक गरेको भिडियोमा हिन्दु धर्म, हिन्दु समुदाय, देवीदेवता र प्रधानमन्त्री सुशीला कार्कीको विषयमा पनि आपत्तिजनक टिप्पणीहरू गरेका छन् । उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ  ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content