आन्दोलनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा नेपाल, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूको बलियो सहभागिता देखिएको छ। उनीहरूले “संविधानको रक्षा गर”, “संघीयता बचाउ”, “असंवैधानिक सरकार खारेज गर” लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।
जनता समाजवादी पार्टी ९जसपा० नेपालका प्रमुख सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले मधेश प्रदेशमा असंवैधानिक तरिकाले बनेको सरकार तत्काल बर्खास्त गर्न माग गरेका छन्। उनले संविधानको धारा १६८९२० बमोजिम नयाँ सरकार गठन गरी संविधान र संघीयताको मर्यादा कायम गर्नुपर्ने बताएका छन्।
यादवका अनुसार मधेश प्रदेशमा राजनीतिक नैतिकता र संवैधानिक प्रक्रियाको अपमान गर्दै गरिएको मुख्यमन्त्री नियुक्ति संघीयता र लोकतन्त्र दुवैका लागि गम्भीर खतरा हो। उनले भने, “संविधानले तोकेको स्पष्ट प्रक्रिया उल्लंघन गरेर बनेको सरकार कुनै पनि हिसाबले वैधानिक हुन सक्दैन। यस्तो सरकारलाई तत्काल बर्खास्त गरी संसदको बहुमतका आधारमा नयाँ सरकार गठन गर्नुपर्छ बताएका छन् ।





COMMENTS