कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजनालाई बुधवार पक्राउ गरेको जनाएको छ ।  सशस्त्र प्रहरी बल, नेपाल ...

वीरगंज, १९ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजनालाई बुधवार पक्राउ गरेको जनाएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको सशस्त्र प्रनाउ पुरूषोत्तम भण्डारीको कमाण्डमा ९ जना र भारतीय समकक्षी एएसबी ४७ बटालियन ए कम्पनी हेडक्वार्टर्स पन्टोकाबाट खटिएको ५ जनाको संयुक्त गस्ती टोलीले बुधवार १२ः३० बजेको समयमा कटुवा पेस्तोलसहित दुईजना नेपालीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
 
जिल्ला पर्सा वी.म.न.पा.–१६, इनर्वा र भारतको जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत –१, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं ३९०/२२ नजिकै संयुक्त गस्ती गर्ने क्रममा नेपालतर्फबाट वीरगंजको कुम्हालटोल घर बताउने अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.–७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवार झाडीमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
 
उनीहरुले बोरा भित्र कटुवा पेस्तोल थान–एक थान लुकाएको अवस्थामा फेला परेको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण हे.क्वा.पर्साका सूचना अधिकारी  स.प्र.ना.उ.विश्वराज योन्जनले जानकारी गराएका छन् । 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content