मधेश प्रदेशका मुख्यमन्त्री सोनलले बुझाए लिखित राजीनामा

वीरगंज, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखको कार्...

वीरगंज, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रूपमा लिखित राजीनामा बुझाएका हुन। राजीनामा पत्रमा उनले लेखेका छन्, "म मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु। पदमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु।"
प्रदेश प्रमुखको कार्यालयका अनुसार सोनलको राजीनामा पत्र दर्ता भइसकेको छ र औपचारिक रूपमा उनको कार्यकाल समाप्त भएको छ।
सत्तारूढ गठबन्धनमा देखिएको आन्तरिक मतभेदका कारण उनले आज राजीनामा बुझाएको बुझिएको छ । राजीनामापछि अब मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको बताइएको छ।
सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो
मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् । शनिवार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखेका थिए । सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् ।
रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरूलाई अपराधीको संज्ञा दिए । उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थावारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेतिथीहरूका वारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए । उनले आफ्नो पार्टीले अब आफूलाई जे गरेपनि आफूले कसैलाई विश्वासको मत दिने बताए । सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरूको निकाश दिने नैतिक आधार नरहेको बताए । सांसद अन्सारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content