नेपाल जस्तो बहुलतावादी र समावेशी मुलुकमा प्रत्येक नागरिकलाई आफ्नो धर्म, भाषा र संस्कृतिसँगै जीवन यापन गर्ने पूर्ण संवैधानिक अधिकार छ।संघले संवेदनशील समुदायलाई लक्षित गरी व्यक्त हुने अभिव्यक्तिले सामाजिक सौहार्द, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा दिर्घकालीन नकारात्मक प्रभाव पार्नसक्ने चेतावनी दिँदै, यस्तो व्यवहार कानुनी तथा नैतिक दृष्टिले पनि अस्वीकार्य हुने स्पष्ट गरेको छ।संघका मागहरू नेपाल मुस्लिम समाज संघले सरकारसमक्ष निम्न ध्यानाकर्षणहरू गराएको छ।
१. प्रधानमन्त्रीबाट विवादित अभिव्यक्तिबारे तत्काल सार्वजनिक स्पष्टीकरण जारी गर्नुपर्छ ।
२. कुनै पनि समुदायमाथि अपमानजनक वक्तव्य दोहोरिन नदिन आवश्यक संवैधानिक र नैतिक मापदण्ड कडाइका साथ पालन गरिनुपर्छ ।
३. सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संवेदनशील समुदायको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम अविलम्ब अघि बढाउनुपर्छ।संघले आफू सदैव सामाजिक समावेशिता, समानता र राष्ट्रिय एकताको पक्षमा रहेको र भविष्यमा पनि यिनै मूल्यहरूलाई मजबुत बनाउन सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
उपस्थितिहरू सो पत्रकार सम्मेलनमा पूर्व मन्त्री करिमा बेगम, राजनीतिकर्मी शशी कपुर मिया, जन्नत अन्सारीलगायत मुस्लिम अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





COMMENTS