जनमत पार्टी पर्साद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज, २५ कात्तिक । जनमत पार्टी, पर्साले मंगलवार विरोध प्रदर्शन गरेको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्ति असंवैधानिक...

वीरगंज, २५ कात्तिक । जनमत पार्टी, पर्साले मंगलवार विरोध प्रदर्शन गरेको छ । मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै जनमतले वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।
 
मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न र तत्कालीन प्रदेश प्रमुख साबित्री सुवेदी भण्डारीलाई कारबाही गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ताहरूले सडकमा टायर बालेर नाराबाजी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको गरेको थियो ।
विरोध प्रदर्शनमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले संघीयताको मूल आधारभूत भावना र मधेसको अधिकारमाथि प्रहार सहय नहुने बताए । उनले संविधानले दिएको अधिकारलाई कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भइरहेको र मधेसको आवाजलाई फेरि दबाउने खेल शुरू भएको आरोप लगाए ।
 
उनले गैरसंवैधानिक रूपमा सरकार बनाउने निर्णय तुरून्तै सच्याउनुपर्ने र सरोजकुमार यादवलाई मुख्यमन्त्री पदबाट बर्खास्त नगरि कडा संघर्षमा उत्रिने बताए ।
 
प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय सदस्य श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनारायण मिश्र, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, नेताहरू भुपेन्द्र साह, अमरनाथ राठौर, रूक्साना खातुन, युवा नेताहरू मनोज साह, धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, संजय सिंह, रोशन पाण्डेलगायतको सहभागिता थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content