कानु समाजका युवाहरुको बैठक वीरगन्जमा सम्पन्न, १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन ।

  शैलेश गुप्ता १३ मँसिर वीरगन्ज    पर्सा को  वीरगञ्ज महानगरपालिका–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा आज आयोजित कानु समाजका अगुवा युवाहरूक...

 शैलेश गुप्ता १३ मँसिर वीरगन्ज 

 पर्सा को  वीरगञ्ज महानगरपालिका–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा आज आयोजित कानु समाजका अगुवा युवाहरूको विशेष बैठकले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा मनोज कुमार साह चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा अञ्जन गुप्ता, सचिवमा पत्रकार श्रवण प्रसाद साह, सहसचिवमा शम्भु प्रसाद गुप्ता र कोषाध्यक्षमा विमला कुमारी गुप्ता चयन भएका छन् ।

समितिका सदस्यहरूमा अनिल कुमार साह, अमर कुमार गुप्ता, दयानन्द प्रसाद गुप्ता, राजकुमार साह, राजन गुप्ता, हरिन्द्र साह कानु, गुड्डीकुमारी साह, अञ्जु साह र लखनलाल गुप्ता रहेका छन् ।युवा बैंकर सन्तोष कुमार साहको सभापतित्वमा सम्पन्न बैठकमा अधिवक्ता आत्माराम गुप्ता, सन्तोषकुमार कानु, अर्जुन गुप्तालगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष मनोज कुमार साहले कानु युवाहरूको एकता, शिक्षामा पहुँच, रोजगारी सिर्जना र सामाजिक सेवालाई प्राथमिकता दिएर अघि बढ्ने बताए । “हामी कानु समुदायका युवाहरूको साझा मञ्च बनाउन चाहन्छौँ । शिक्षा, सीप र अवसरबाट कोही पनि पछाडि नपरोस् भन्ने हाम्रो लक्ष्य हो । समाज दर्तापछि ठोस कार्यक्रमहरू लिएर अघि बढ्छौँ,” अध्यक्ष मनोज भने ।

बैठकको सभापतित्व गरेका युवा बैंकर सन्तोष कुमार साहले कानु युवाहरूमा देखिएको जाँगर र उत्साह प्रशंसनीय रहेको बताए । “आजको यो सुरुआतले हाम्रो समुदायका युवाहरू सङ्गठित भएर सामाजिक र आर्थिक रूपान्तरणमा योगदान दिन सक्छन् भन्ने सन्देश गएको छ । म सबैलाई बधाई तथा शुभकामना दिन्छु,” सन्तोषले भने ।बैठकले समाजलाई छिट्टै कानुनी रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । कानु यूथ समाजले निकट भविष्यमै वृहत् भेला तथा परिचयात्मक कार्यक्रम गर्ने जनाइएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content