महानगरपालिका कार्यालयलाई ५ थान ल्यापटप सहयोग

वीरगंज, २७ कात्तिक । वीरगंज महानगरपालिकालाई भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ । 'जेन्जी'का नाममा भएको ...

वीरगंज, २७ कात्तिक । वीरगंज महानगरपालिकालाई भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ ।

'जेन्जी'का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महा नगरपालिकाको भवन र कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए । त्यसपछि कार्यालय सञ्चालन र प्रशासनिक कामहरू सहज बनाउन कठिनाइ परेको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरलाई सहयोगस्वरूप ल्यापटप उपलब्ध गराएको हो ।

बिहीवार महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप महानगरका मेयर राजेशमान सिंहलाई हस्तान्तरण गर्दै समाज र स्थानीय निकायसँगको सहकार्यलाई प्राथमिकता दिने कम्पनीको नीति अन्तर्गत यो सहयोग गरिएको बताए । उनले वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो । यो समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व रहेको बताए ।
 
कार्यक्रममा नगरप्रमुख सिंहले भास्कर हर्वास्युटिकल्सप्रति आभार व्यक्त गर्दै महानगरको भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको अवस्थामा यस्ता सहयोगले महानगरलाई पुनःस्थापनामा ठूलो सहयोग पुर्याइरहेका बताए । उनले हामी सबै दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं भनी बताए ।

यसअघि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र बृटानियाजस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content