हिन्दु सम्राट सेना नेपाल द्धारा वीरगन्जमा मोटरसाईकल र्याली सहित विभिन्न कार्यक्रम सम्पन्न ।

शैलेश गुप्ता १३ मँसिर वीरगन्ज   वीरगंज स्थित गहवामाई मन्दिरको प्राङ्गणमा शनिबार एक विशेष समारोहका बीच हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला ...

शैलेश गुप्ता १३ मँसिर वीरगन्ज 

 वीरगंज स्थित गहवामाई मन्दिरको प्राङ्गणमा शनिबार एक विशेष समारोहका बीच हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति औपचारिक रूपमा गठन गरिएको छ। संगठनका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सनातनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौँ युवाको सहभागितामा निकालिएको मोटरसाइकल र्यालीले माहोल झनै उत्साहपूर्ण बनेको थियो ।

कार्यक्रम अघि लालबंगला, आदर्शनगर, कुमहालटोल र बिरता चोक हुँदै मोटरसाइकल र्याली निकालिएको थियो। “जात–पात भुलौँ, हिन्दू–हिन्दू भाई भाई”, “हिन्दू राष्ट्र कायम गर” जस्ता नारासहित सहभागी युवाहरूले ऐक्यबद्धता प्रदर्शन गरेका थिए ।

कार्यक्रम मार्फत हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समितिका निम्न पदाधिकारीहरू चयन गरिएको घोषणा गरिएको छ अध्यक्ष स् विकास साह,वरिष्ठ उपाध्यक्ष स् सन्तोष सर्राफ, उपाध्यक्ष स् राकेश श्रेष्ठ, महासचिव स् प्रज्वल डंगोल, सचिव स् उदय नारायण गिरी, कोषाध्यक्ष स् दिप नारायण यादव, सल्लाहकार स् राजु साह, राजेश्वर साह, नरेश सर्राफ, सदस्य स् दीपक महतो, प्रिन्श साह, आशिष मण्डल, ओम वर्नवाल, रञ्जित यादव, इन्द्रभूषण तिवारी लगाएतकाहरु थिए । 

उक्त कार्यक्रमका प्रमुख अतिथि हिन्दू सम्राट सेना नेपालका रुद्र नारायण सिंह रहनुभएको थियो। त्यसैगरी केन्द्र तथा प्रदेशस्तरका दर्जनौँ पदाधिकारीहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो, जसमा केन्द्रीय संयोजक ९न्यायिक विभाग० चन्दन सनातनी, केन्द्रीय महासचिव राकेश सनातनी, केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनी, लक्ष्मीनिया नगर संयोजक वर्देश सनातनी, महोत्तरी जिल्ला अध्यक्ष विजय सनातनी, केन्द्रीय सदस्य रजनीश सनातनी,मलंगवा नगर संयोजक रामानन्द सनातनी, सर्लाही जिल्ला सदस्य रुपेश सनातनी, सहितका नेताहरू सहभागी रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय बजरंग दलका विवेक सिन्हा, समाजसेवी रमिता माया गुप्ता, धार्मिक अभियन्ता अवधेश मिश्र, अमर सर्राफ, ज्योतिष सम्राट पुरुषोत्तम दूबे, रत्नेश तिवारी तथा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमले वीरगंजमा हिन्दू सम्राट सेनाको गतिविधि औपचारिक रूपमा सक्रिय हुँदै गएको सन्देश दिएको आयोजकहरूले बताए ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content