जसपा नेपालद्वारा २८ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय, रौतहटमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र । ।

  अशोक यादव १० मंसिर रौतहट  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार आज रौतहटमा २८ बुँदे मागसहित प्रधा...

 

अशोक यादव १० मंसिर रौतहट 

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार आज रौतहटमा २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, रौतहटमार्फत प्रधानमन्त्री लाई बुझाइको छ ।


जसपा नेपाल रौतहट जिल्ला समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा पार्टीले देशभर देखिएको राजनीतिक अस्थिरता, संविधान कार्यान्वयनमा देखिएको कमजोरी, सामाजिक न्याय तथा समावेशीता सम्बन्धी अपेक्षित प्रगति नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

जसपाले पेश गरेको २८ बुँदे मागमा निम्न विषयहरू प्रमुख छन्: राज्य पुनर्संरचनाबाट भएको अन्याय सच्याई २०६२/६३ को आन्दोलनले प्राप्त अधिकारअनुसार समानुपातिक समावेशी पुनर्संरचनाको माग, प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन, साझा शासन (Shared Rule) र स्वशासन (Self Rule) को प्रभावकारी कार्यान्वयन, दलित, महिला, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, थारू तथा पिछडिएको वर्गको न्यायपूर्ण प्रतिनिधित्व, सामाजिक न्याय, समतामूलक विकास, शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, रोजगारी लगायत क्षेत्रको सुधार, स्थानीय तहलाई आर्थिक, प्रशासनिक स्वायत्तता र करसंग्रह अधिकार सुनिश्चित गर्ने, भ्रष्टाचार नियन्त्रण,


 सुशासन प्रवर्द्धन तथा सेवाप्रवाह सुधार, युवा-नीति, रोजगार कार्यक्रम, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन, सुरक्षा निकायमा समानुपातिक समावेशीता, स्थानीय मुद्दामा स्थानीय तहका प्रमुखहरूको अधिकार वृद्धि, आदिवासी जनजातिका अधिकारसम्बन्धी UNDRIP (2007) र ILO-169 को प्रभावकारी कार्यान्वयन सहितका २२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाइएको छ। 


जसपा नेपालले सरकार तत्काल संवेदनशील भई मागहरू सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसो नगर्ने हो भने पार्टीले थप संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी दिएको छ।


कार्यक्रममा पार्टीका जिल्ला नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको जिल्ला समितिले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content