शितलहरको जोखिम न्यूनीकरणकालागी पर्सामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न १४ निर्णयमा सहमती

 मँसिर ०८ विरगन्ज  आगामी पुस र माघ महिनामा उत्पन्न हुन सक्ने शितलहरजन्य विपतको प्रभावलाई कम गर्न पर्सा जिल्ला स्तरिय विपद् व्यवस्थापन समितिल...


 मँसिर ०८ विरगन्ज 

आगामी पुस र माघ महिनामा उत्पन्न हुन सक्ने शितलहरजन्य विपतको प्रभावलाई कम गर्न पर्सा जिल्ला स्तरिय विपद् व्यवस्थापन समितिले १४ वटा महत्वपूर्ण निर्णय गर्दै अग्रिम तयारीलाई तीव्र बनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक भोला दाहालको अध्यक्षतामा बसेको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२–०८३ लाई अनुमोदन गरेको छ।

बैठकले शितलहर प्रभावित क्षेत्र तथा गाउँ–टोलका गरिब तथा विपन्न परिवारको पहिचान गरी आवश्यक दाउरा, इन्धन, न्यानो कपडा, कम्बललगायत सामग्रीको भण्डारण गर्न सबै स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, उद्योग वाणिज्य संघ तथा सरकारी–गैरसरकारी संस्थालाई जिम्मेवारीपूर्वक तत्पर रहने आग्रह गरेको छ। विपद् अवस्थामाअनुसार तुरुन्तै प्रयोगयोग्य बनाइने गरी सामग्रीको व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, खोज तथा उद्धारका लागि आवश्यक जनशक्ति तथा सामग्री तयारी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक क्रियाकलाप सञ्चालन, प्रभावित क्षेत्रमा दाउराको उपलब्धता सुनिश्चित गर्न प्रत्येक स्थानीय तहलाई माग पेश गर्न निर्देशन दिइएको छ। दाउरा वितरण सहज बनाउन जिल्ला वन कार्यालयले पालिकाहरूसँग आवश्यक परिमाणको दाउरा माग गर्न अपिल गरेको छ।

बैठकले शसस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म भिखमपुरका लागि जगरनाथपुर गाउँपालिका–२  साविक जानकीटोलमा रहेको कित्ता नम्बर १५८ को १४ बिघा ११ कठ्ठा एैलानी जग्गामध्ये १ बिघा १० कठ्ठा जमीन प्रस्तावित गुल्मलाई उपलब्ध गराउँदा भावी विपद् व्यवस्थापनमा कुनै असर नपर्ने निष्कर्ष निकाल्दै सिफारिस गर्ने निर्णय गरेको छ। त्यसैगरी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि प्राप्त सिफारिसलाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद  चौहान, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदीपराज पाठक, शसस्त्र प्रहरीका एसपी पुरनचन्द्र भट्ट, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पत्रकारहरू सहभागी थिए।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content