काठमाडौँ, २३ कात्तिकः प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरे...
काठमाडौँ, २३ कात्तिकः प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका काठमाडौँ महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीको घर पछाडि लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउण्ड र सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउण्ड फेला पारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, "हाम्रो टोली र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो, थप अनुसन्धानका क्रममा उनीहरुको घरबाट शनिबार रिभल्वर दुई थान र गोली बरामद गरिएको छ ।" उक्त विषयमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । रासस

COMMENTS