समाज सेवी रुपेश पाण्डेयको अन्तरवार्ताको चारैतीर चर्चा नै चर्चा ।

समाज सेवी रुपेश पाण्डेयको  अन्तरवार्ताको चारैतीर  चर्चा नै चर्चा  रहेको छ  । जेनजी आन्दोलनलाई परिवर्तनको अपरिहार्य प्रक्रियाका रुपमा सबैले स...


समाज सेवी रुपेश पाण्डेयको  अन्तरवार्ताको चारैतीर  चर्चा नै चर्चा  रहेको छ  ।

जेनजी आन्दोलनलाई परिवर्तनको अपरिहार्य प्रक्रियाका रुपमा सबैले स्वीकार्नुपर्छ  *

जेनजी आन्दोलनले अहिले देशको राजनीति हल्लाएको छ। तपाईंले यो आन्दोलनलाई कसरी हेर्नुभयो ?

जेनजी आन्दोलनलाई मैले परिवर्तनको अपरिहार्य प्रक्रियाका रूपमा लिएको छु। यसलाई सबैले स्वीकार्नु पनि पर्छ । पुराना नेताहरू २०४६ सालदेखि आजसम्म पटकपटक सत्ता र पदमा बसे, तर मुलुकको विकासका ठोस परिणाम आउन सकेन। नयाँ पुस्ता यसैको हिसाब खोज्दै सडकमा आएको हो। सरकारको दमनले आन्दोलन झनै चर्किएको हो ।




 आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र फागुन २१ मा निर्वाचनको मिति तोकियो। यो निर्वाचनले जेनजी आन्दोलनको माग पूरा गर्न सक्ला?

जेनजी आन्दोलनले दुई प्रमुख कुरामा जोड दियोसुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारी। अहिले सरकारले अनुसन्धान निकायहरूलाई सुदृढ बनाउँदैछ। राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने, राजस्व तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा राख्ने निर्णयहरू सुधारतर्फका प्रारम्भिक कदम हुन्। भ्रष्टाचार नियन्त्रणका लागि अन्तरिम सरकारले अझ धेरै काम गर्न सक्छ। प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा भने अझै बहसहरू हुन जरुरी छ ।

* तपाईंलाई तोकिएकै मितिमा निर्वाचन हुन्छ भन्ने लाग्छ?

निर्वाचन तोकिएकै मितिमा हुनैपर्छ। विकल्प नै छैन। दलहरू पनि अहिले निर्वाचनमा सकारात्मक देखिएका छन्। मिति सारियो भने देश फेरि संक्रमणमा जान्छ, राजनीतिक अस्थिरता बढ्छ। कार्की नेतृत्वको सरकार चुनाव गराउनकै लागि बनेको हो, त्यसैले जसरी भए पनि निर्वाचन सम्पन्न गर्नुपर्छ।

 

* पर्सा३ मा चुनावी माहोल कस्तो बनिरहेको छ? युवाहरूको चाहना के छ ?

यहाँको युवा पुस्ताले अब भरपर्दो, काम गर्ने र विकासमा परिणाम देखाउने नेतृत्व खोजिरहेको छ। दशकौँसम्म पदमा बसे पनि परिणाम नदिने नेताबाट युवाहरू आजित छन्। अब पुस्तान्तरणको माग छ, नयाँ सोच, नयाँ नेतृत्व र विकासमुखी राजनीतिमात्रै स्वीकार्य छ। यही पृष्ठभूमिमा स्थानीय युवाहरूले मलाई अगाडि आउन निरन्तर आग्रह गरिरहनुभएको छ।

पूराना नेताहरूले फेरि पनि चुनावमा उठ्ने तयारी गरिरहेका छन्। नेताहरूबीच आरोपप्रत्यारोप पनि सुरु भइसकेको छ। यसलाई तपाईं कसरी हेर्नुहुन्छ?

 

पुराना नेताहरूले फेरि चुनावमा उठ्ने तयारी गरिरहेको देख्दा मलाई आश्चर्य लागिरहेको छ । जेनजी आन्दोलनपछि पनि उनीहरूले चेतेनन् भन्ने लाग्छ । अहिले कतिपय नेताहरूले अर्का वा शीर्ष नेतालाई गाली गरेर चुनावमा टिकट हत्याउने सोच्नुभएको छ । तर अब त्यो केवल दिवास्वप्ना हो । अहिले मतदाता शिक्षित र जानकार छन् । उनीहरूले पूराना नेताहरूलाई हराउनेछन् ।

  





 'मिसन २०८४ भन्ने सुनिएको थियो। अब ‘मिसन २०८२ फागुन अचानक नजिकिँदा तपाईंको तयारी कत्तिको छ?

मतदानको मिति अहिले अगाडि आएको छ । म त दशकौँदेखि आफ्नै क्षेत्रका नागरिकको सुखदुःखमा साथ दिँदै आएको छु। शिक्षा, स्वास्थ्य, बाटो, कृषि, युवाको समस्यायी सबै नजिकबाट बुझेको मान्छे हुँ, त्यसैले तयारी पर्याप्त छ।

 

 आगामी निर्वाचनमा तपाईंका प्रमुख एजेन्डा केके रहनेछन्?

म पर्सा३, मानिकपुर२ को स्थायी बासिन्दा भएकाले यहाँका वास्तविक समस्याहरू राम्रोसँग जान्दछु।

मेरो एजेन्डा पाँचवटामा केन्द्रित छशिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि उत्पादन र बजारीकरण तथा लागुऔषध नियन्त्रण।

पहिलोशिक्षा र स्वास्थ्यको गुणस्तर सुधार। गाउँगाउँका स्कुल र स्वास्थ्य चौकीमा सेवा गुणस्तरीय छ कि छैन, शिक्षकस्वास्थ्यकर्मी उपस्थित छन् कि छैनन्सबै कडाइका साथ सुनिश्चित गर्न चाहन्छु।

दोस्रोकृषि आधुनिकीकरण र बजारीकरण। किसानले समयमा मलबिउ पाउने व्यवस्था, आधुनिक प्रविधिको उपयोग, तरकारीफलफुल बिग्रिन नदिन चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण, र उत्पादनलाई बजारसम्म पुर्‍याउने सुव्यवस्थित प्रणाली आवश्यक छ।

तेस्रोपूर्वाधार विकास। कृषि सडक, खानेपानी, विजुली, सिंचाइ, वर्षौंदेखि अधूरा योजना पूरा गर्ने योजना छ।

चौथोयुवाहरूलाई लागुऔषधबाट बचाउने अभियान। तराईमधेशमा ड्रग्सको संकट भयावह छ। ८१० कक्षाका विद्यार्थी समेत यसमा फसिरहेका छन्। सीमापारिबाट सजिलै ड्रग्स भित्रिने, चोरीडकैती बढ्ने अवस्था अत्यन्त चिन्ताजनक छ। यसलाई रोक्न कडा सुरक्षा, सामाजिक अभियान, विद्यालयसमुदाय कार्यक्रम अत्यावश्यक छन्।

पाँचौँमधेश प्रदेशलाई निर्णय प्रक्रियामा न्यायपूर्ण सहभागिता दिलाउने। जेनजी आन्दोलनपछिका वार्तामा मधेशका माग अझै समेटिएका छैनन्। यसले विभेदको महसुस बनाएको छ। समान अधिकार र सहभागिताका लागि निरन्तर आवाज उठाइरहनेछु।



 

अन्त्यमा, तपाईं मतदातालाई के भन्न चाहनुहुन्छ?

म हरेक नागरिकको सुखदुःखमा सधैं साथ दिँदै आएको मान्छे हुँ। विकासको प्रशस्त सम्भावना भएर पनि पर्सा३ पछि परेको छ, यसलाई अब माथि उठाउने समय आएको छ। युवाहरूले देखाएको विश्वासलाई म विकास, सुशासन र जिम्मेवार नेतृत्वमार्फत फर्काउनेछु। तोकिएकै मितिमा हुने चुनाव देशका लागि निर्णायक मोड हुनेछ, र म यही परिवर्तनको यात्रामा पर्सा३ लाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतासहित अघि बढिरहेको छु

 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content