वीरगंज, ३० कात्तिक । पर्सा क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने माग उठेको छ । लामो समयदेखि सो क्षेत्रको नेत...
वीरगंज, ३० कात्तिक । पर्सा क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने माग उठेको छ ।
लामो समयदेखि सो क्षेत्रको नेतृत्व गर्दै आएका कांग्रेस नेता सुरेन्द्र चौधरीमाथि कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्ने सुझाव सार्वजनिक रूपमा व्यक्त गरेका छन।
कार्यकर्ताहरूको आरोप अनुसार चौधरीले क्षेत्रको विकास निर्माणमा प्रभावकारी भूमिका निभाउन सकेका छैनन, आन्तरिक कलह बढाएका छन् र गाली–गलौजलाई राजनीतिक शैली बनाएका छन।
विसं २०४८ सालदेखि लगातार चुनाव लड्दै आएका चौधरीले पटक–पटक अवसर पाए पनि अपेक्षित विकास हासिल नगरेको उनीहरूको भनाइ छ। साथै, कांग्रेसभित्रका विभिन्न नेताहरूमाथि आरोप–प्रत्यारोप गर्दै टिकट हात पार्ने शैली पनि उनको आलोचना भएको छ।
कार्यकर्ताहरूले भने, "अब सक्षम र नयाँ पुस्ताका नेताहरूलाई अघि ल्याउनुपर्छ। चौधरीले संगठनलाई बलियो बनाउन मार्ग प्रशस्त गर्नुपर्छ र एकलौटी नियन्त्रण गर्ने सोच छोड्नुपर्छ।"
उनीहरूले आगामी महाधिवेशनदेखि निर्वाचनसम्म युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्ने र क्षेत्रीय असन्तोषलाई गम्भीरतापूर्वक बुझ्नुपर्नेमा जोड दिएका छन।
पर्सा–३ का युवा कार्यकर्ताहरूले चेतावनी दिएका छन् कि "४८ सालदेखि पटक–पटक अवसर पाएर पनि जनताले ठोस कामको अनुभूति नगरेको कारण अब जनताले आफैं हिसाब–किताब गर्नेछन।"

COMMENTS