मंगलवार बेलुकासम्म मधेसका सीमा नाका बन्द

वीरगंज, २१ कातिक । भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमा नाका चार दिन बन्द ह...

वीरगंज, २१ कातिक । भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमा नाका चार दिन बन्द हुने भएको छ ।

धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सप्तरी, सिरहा, रसुवा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचना अनुसार, शनिवार २२ कार्तिकदेखि २५ कार्तिकसम्म बेलुका ६ बजेदेखि बेलुका ६ बजेसम्म सीमा नाका पूर्ण रूपमा बन्द रहनेछ ।

यस अवधिमा इमरजेन्सीबाहेक कुनै पनि व्यक्ति वा सवारी साधनले आवागमन गर्न पाउने छैन । औषधि उपचार, एम्बुलेन्स सेवा र अत्यावश्यक सामग्री ढुवानी भने अवरोध बिना सञ्चालन हुने व्यवस्था गरिएको छ।
सामान्य आवागमन र व्यापारिक गतिविधि बुधवार बेलुका ६ बजेदेखि मात्र पुनः सुचारू हुने प्रशासनले जनाएको छ ।

यसैगरी,  रौतहट जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते अर्थात शनिवार साँझ ६ः०० बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलवारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिवार साँझ ६ः०० बजेदेखि लिएर २५ गते मङ्गलवार साँझ ६ः०० बजे सम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुने उक्त पत्रमा उल्लेख गरिएको छ।

नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुर्ई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा शिल गर्ने चलन रहिआएको छ । सोहीअनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन पूर्ण रूपमा बन्द हुने गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिनुभयो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content