Gen-Z युवाहरुले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै एकता र जिम्मेवारीको सन्देश दिएका छन्। उनीहरुले ‘शहीदको रगत नबिर्सौं, कर्मले इतिहास पुरा गरौं’ भन्ने नारासहित प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरुले Gen-Z पुस्ताबीच एकता कायम गर्नुपर्ने र देशकालागी शहीदले बगाएको रगतलाई व्यर्थ जान नदिने अठोट व्यक्त गरेका थिए। उनीहरुको भनाइअनुसार हालका दिनमा जेनजी पुस्तालाई बदनाम गर्ने प्रयास भइरहेकाले सबै युवाहरु सचेत र एकताबद्ध हुनुपर्ने आवश्यकता छ।
युवाहरुले ‘रगतले देखाएको इतिहास — अब कर्मले पुरा गरौं’, ‘शहीदको रगत खेर नजाओस्’, ‘Gen-Z युनाइटेड, देशका घाउ हाम्रो जिम्मेवारी’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरुले शहीद र घाइतेहरूको सम्मानमा एकजुट भएर सकारात्मक परिवर्तनका लागी काम गर्नुपर्ने संदेश दिएका छन्।
.jpg)




COMMENTS