शैलेश गुप्ता ५ कात्र्तिक पोखरिया वीरगन्जमा बुधबार बिहान एक व्यपारिक प्रतिष्ठानमा आगलागी भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित रोह...
शैलेश गुप्ता ५ कात्र्तिक पोखरिया
वीरगन्जमा बुधबार बिहान एक व्यपारिक प्रतिष्ठानमा आगलागी भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोरमा बुधबार बिहान करिब २ बजेतिर आगलागी भएको हो ।
आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र त्यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए छन ।
उनका अनुसार, बिहान २ बजेतिर लागेको आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाको दमकलको सहयोगले बिहान ५ बजेतिर निभएको थियो ।
आगलागीबाट उक्त प्रतिष्ठानमा भएको क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।





COMMENTS