पकहाँमैनपुर गाँउपालिकामा विपक्षीदल द्धारा ६ बुँदे सूचना माग्दै प्रशासनमा ज्ञापनपत्र

शैलेश गुप्ता ५ कात्र्तिक पोखरिया  /  अनुसनधानटीवी  पर्साको पकहाँ मैनपुर गाउँपालिकामा लामो समयदेखि देखिँदै आएका आर्थिक र प्रशासनिक अनियमितता ...

शैलेश गुप्ता ५ कात्र्तिक पोखरिया  /  अनुसनधानटीवी 

पर्साको पकहाँ मैनपुर गाउँपालिकामा लामो समयदेखि देखिँदै आएका आर्थिक र प्रशासनिक अनियमितता विरुद्ध अन्ततः विपक्षी दल नेकपा ९एमाले० खुलेर अघि आएको छ । नेकपा ९एमाले० पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष हामिद मियाँको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा विभिन्न ६ बुँदे सूचना उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।  ज्ञापनपत्रमा गाउँपालिकाले आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मको आम्दानी–खर्च विवरण, रेडबुक, कर्मचारी विवरण, सवारी साधनको अवस्था लगायतका सूचनाहरू पटक–पटक माग गर्दा पनि नदिएको भन्दै प्रशासनमार्फत ती विवरण सार्वजनिक गर्न माग गरिएको छ ।



ज्ञापनपत्र बुझाउने क्रममा एमाले उपाध्यक्ष नवल पटेल, सचिव सन्तोष चौरसिया, पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसिया, एमाले नेता प्रह्लाद गिरी लगायतको उपस्थिति रहेको थियो ।

एमाले अध्यक्ष हामिद मियाँले गाउँपालिकामा जनताको करको दुरुपयोग भइरहेको आरोप लगाउँदै स्थानीय प्रशासनले तत्काल हस्तक्षेप गर्नुपर्ने बताए । उनले भने, “विकासका लागि आएको पैसा केही व्यक्तिहरूको स्वार्थमा खर्च भइरहेको छ, त्यसको सत्यता सार्वजनिक गर्नुपर्ने माग गरेका छौं ।”

यदि मागिएका सूचना र विवरण समयमै सार्वजनिक नगरे गाउँपालिकाविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीपनि एमालेले दिएको छ ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content